Logo

बेष्ट फाइनान्सको साधारण सभा सम्पन्न



काठमाडौं, ३१ भदौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले २४औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीको भाद्र ३० गते (बुधबार) फाइनान्सको केन्द्रीय कार्यालय कमलादीमा भर्चुअल माध्यमबाट वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कम्पनीको हिजो सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७६/७७को वित्तीय विवरण पारित गर्नुका साथै संस्थालाई अन्य उपयुक्त वित्तीय संस्थासँग गाभ्ने÷गाभिने तथा एक्विजिनस गर्ने कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
सभाबाट संस्थापक शेयरधनीतर्फको संचालकमा लक्ष्मी श्रेष्ठ, रामचन्द्र देवकोटा, रामकृष्ण चौलागाई र सुधिर ज्ञवाली तथा सर्वसाधारण शेयरधनीतर्फको संचालकमा राम श्रेष्ठ र खिमलाल पोड्याल नियुक्त भएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्