Logo

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको रोमान्चक जित



एजेन्सी, ३१ भदौ । च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले रोमान्चक जित निकालेको छ । बुधबार राति भएको खेलमा सिटीले जर्मन क्लब आरबी लाइपजिगलाई ६–३ गोल अन्तरले पराजीत गरेको हो ।
नाथन एकेको हेड गोलमा सिटीले खेलमा अग्रता बनाएको थियो । नोर्डी मुकीको आत्मघाति गोल गर्दा सिटीले अग्रता दोब्बर बनायो ।

क्रिस्टिोफर नकुन्कुले गोल गर्दै लाइपजिगलाई २–१ को अवस्थामा पुर्याएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमा रियाद महरेजले गोल गर्दै सिटीलाई ३–१ ले अघि बढाएका थिए ।नकुन्कुले दोस्रो हाफको सुरुवातमै गोल गर्दै खेललाई ३–२ को अवस्थामा पुर्याएका थिए । तर ग्रिलिसको गोलमा सिटी ४–२ ले अघि बढेको थियो । ७३ औं मिनेटमा नकुन्कुले ह्याट्रिक पुरा गर्दै खेललाई ४–३ को रोमाञ्चक अवस्थामा पुर्याएका थिए ।

तर, जोआओ क्यान्सलो र वैकल्पिक खेलाडी ग्याब्रियल जिससले गोल गर्दै सिटीलाई ६–३ को रोमान्चक जित दिलाए । समूह एमा सिटीले ३ अंक जोडेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्