Logo

च्याम्पियन्स लिगः एसी मिलानमाथि लिभरपुलको रोमान्चक जित



एजेन्सी, ३१ भदौ । च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले एसी मिलानमाथि रोमान्चक जित निकालेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले एसी मिलानलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
फिकायो तोमोरीको आत्मघाती गोलबाट लिभरपुलले अग्रता लिएको थियो । खेलको १४औं मिनेटमा मोहमद सलाह पेनाल्टीमा गोल गर्नबाट चुके ।

एन्टी रेबिक र ब्राहिम डियाजुले लगातार दुई गोल गर्दा मिलान २–१ को अवस्थामा पुगेको थियो । तर, सलाहले गोल गर्दै ४९ औं मिनेटमा लिभरपुललाई बराबरीको अवस्थामा पुर्याएका थिए । खेलको ६९औं मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै लिभरपुललाई जित दिलाए । समूहमा लिभरपुलले ३ अंक जोडेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्