Logo

संसद् अवरोधलाई लिएर कांग्रेस र एमाले नेताबीच चर्काचर्की (भिडिओसहित)



काठमाडौं, ३१ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता चिनकाजी श्रेष्ठले प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरोध गर्नु गलत भएको टिप्पणी गरेका छन् । संसद् सुचारु गराउनको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि पहलकदमी लिएको स्पष्ट पारेका छन् । उनले संसद् अवरोध खुलाउनेबारे पार्टीमा पनि छलफल भैरहेको पनि सुनाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

नेकपा (एमाले) का सांसद मोहन बानियाँले सरकारले गलत काम गरेकोले एमाले संसद् अवरुद्धमा उत्रिनुपरेको बताएका छन् । सरकारले अध्यादेश ल्याएर पार्टी विभाजन गराउने काम गरेको उनको भनाई छ । उनले सरकारले प्रतिपक्षी दललाई चिढ्याउने काम गरेको सुनाए । एमालेको सरकारको बेलामा अध्यादेशमार्फत ल्याईएको बजेट लोककल्याणकारी थियो भन्ने उनको भनाई छ । तर, त्यो बजेटलाई नयाँ सरकारले लत्याएर अध्यादेशबाट प्रतिस्थापन विद्येयक ल्याएकोमा पनि उनको गुनासो छ ।



प्रतिक्रिया दिनुहोस्