Logo

ब्रगसँग पीएसजी बराबरीमा रोकियो



एजेन्सी, ३१ भदौ । च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा पीएसजीले बेल्जियमको क्लब ब्रगसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै हेरेराले पीएसजीलाई सूरुवाती अग्रता दिलाएका थिए ।तर, खेलको १२औं मिनेटमा क्लब ब्रगका लागि हन्स भानाकेनले बराबरी गोल फर्काए । मेस्सीले पीएसजीबाट च्याम्पियन्स लिगमा डेब्यु गरेको खेलमा राम्रो सुरुवात गर्न सकेनन् ।

च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्य सहित लियोनल मेस्सीलाई यसै सिजन आबद्ध गरेको पीएसजी पहिलो खेलमै बराबरीमा रोकिएको हमे । दुवै टिमले बराबरी खेल्दै समूहमा समान एक अंक जोडेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्