Logo

रामेछापमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु



काठमाडौं, भदौ ३१ (नागरिक)–रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बोलेरो जीप आज विहान रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसारमा दुर्घटनामा परेको हो ।

प्रदेश नम्बर ३–०१–०२३–च–३५१३ नम्बरको जीप सडकबाट झण्डै आठ सय मिटर तल खसेको छ । घटनास्थलबाट १२ वर्षीय पेम्बा शेर्पाको उद्दार गरिएको छ।

दुर्घटनमा ज्यान गुमाउँनेमा ओखलढुंगा घर भएका अन्दाजी ३४–३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको सनाखत भएको छ भने एक जनाको पहिचान खुल्न सकेको छैन् । घाइते बालक अवस्था गम्भीर रहेको र उनको तामाकोशी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्