Logo

२६ हजार संक्रमितको उपचार हुँदै



काठमाडौं, ३१ भदौ । पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका १ हजार ७ सय ६० जना संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसको संक्रमितको संख्या ७ लाख ८० हजार ८ सय २४ पुगेको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

मन्त्रालयको अनुसार १२ सय २० जना संक्रमणमुक्त भएका छन् । देशभर २६ हजार ३ सय ७ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । हिजो ७ जनाको संक्रमणबाट मृत्यु भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्