Logo

एकैदिन २ लाख ९९ हजारले लगाए कोरोनाविरुद्धको खोप



काठमाडौं, ३१ भदौ । पछिल्लो केही दिन यता नेपालमा लगातार कोरोना भाइरसका संक्रमितको संख्या घट्दै गइरहेको छ । बुधबार १७ सय ६० जनामा संक्रमण पुष्टि भएको थियो । बुधबार एकैदिन कोरोनाविरुद्धको विभिन्न खोप २ लाख ९९ हजार १ सय ३१ जनाले लगाएका छन् ।

पछिल्लो २४ घन्टामा बाग्मती प्रदेशमा कोरोना भाइरसविरुद्ध एष्ट्रेजेनिका खोपको पहिलो मात्रा ४२ सय ७५ जनाले लगाएका छन् भने दोस्रो मात्रा २७ जनाले लगाएका छन् । यसैगरी, भेरोसेल खोपको पहिलो मात्रा ३१ हजार ९ सय ५३ र दोस्रो खोपको मात्रा १० हजार बढीले लगाएका छन् ।

त्यस्तै, कोरोनाविरुद्धको जोन्सस एण्ड जोन्सन खोप बाग्मती प्रदेशमा हालसम्म ३ लाख ४७ हजार ४ सय १४ जनाले लगाएका छन् । नेपालमा हालसम्म एस्ट्रेजेनिका खोपको पहिलो मात्रा २४ लाख ७६ हजार १ सय ३९ र दोस्रो मात्रा १४ लाख ३३ हजार ६ सय २७ जनाले लगाएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, भेरोसेल खोपको पहिलो मात्रा ३५ लाख २७ हजार ८ सय ८० जना र दोस्रो मात्रा २५ लाख ८२ हजार ५ सय ४९ जनाले लगाएको छन् । जोन्सन एण्ड जोन्सन १३ लाख ९९ हजार २ सय ५१ जनाले हालसम्म लगाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्