Logo

कोरोनाबाट विश्वभर ४६ लाख ७३ हजारको निधन, १ लाखको गम्भिर अवस्थामा उपचार हुँदै



एजेन्सी, ३१ भदौ । विश्वभर कोरोना भाइरसको संक्रमणले आक्रान्त मच्चाइरहेको छ । हालसम्म विश्वभर ४६ लाख ७३ हजार ७ सय ७९ जनाको कोरोनाबाट मृत्यु भईसकेको छ ।

२२ करोड ७२ लाख ७५ हजार ७ सय ६४ जना संक्रमित भएका छन् भने २० करोड ३९ लाख ७५ हजार ४०८ जना निको भइसकेका छन् । त्यस्तै १ करोड ८६ लाख २६ हजार ५ सय ७७ जनाको उपचार हुँदै छ । १ लाख १ हजार ७ सय ३० जनाको गम्भिर अवस्थामा उपचार भैरहेको वल्डोमिटरले जनाएको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका १ हजार ७ सय ६० जना संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसको संक्रमितको संख्या ७ लाख ८० हजार ८ सय २४ पुगेको स्वास्थ्य मन्त्रलायले जनाएको छ । मन्त्रालयको अनुसार १२ सय २० जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्