Logo

अमेरिकामा ९५ लाख कोरोना संक्रमितको उपचार हुँदै



एजेन्सी, ३१ भदौ । विश्वभर कोरोना संक्रमितको संख्या २२ करोड ७२ लाख नाघेको छ । सबैभन्दा धेरै अमेरिकामा ४ करोड २४ लाख ७९ हजार ७ सय ८० संक्रमितको संख्या रहेको छ । त्यस्तै, संक्रमित मध्ये ३ करोड २२ लाख ७१ हजार ८४ जना संक्रमणमुक्त भएका छन् । ९५ लाख २३ हजार ६ सय ७३ जना संक्रमितको उपचार भैहरेको वल्डोमिटरले जनाएको छ ।

यसैगरी, हालसम्म अमेरिकामा संक्रमणबाट ६ लाख ८५ हजार २३ जनाको मृत्यु भइसकेको छ । २५ हजार ४ सय ६१ जनाको गम्भिर अवस्थामा भेन्टिलेटरमा उपचार भैरहेको छ ।

विश्वभर १ करोड ८६ लाख २६ हजार ५ सय ७७ जना उपचारको क्रममा रहेका छन् । १ लाख १ हजार ७ सय ३० जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्