Logo

तरकारीसँगै रोगको खतरा, राम्ररी धोएर नखाए स्वास्थ्यमा गम्भिर असर पुग्ने



३१ भदौ । वर्षाको मौसममा हरियो सागसब्जी राम्रोसँग धोएर खानुपर्छ, यदि सफा गरिएन भने तरकारीमा भएको माटो सिधै शरिरमा पुग्छ । यदि गल्तीले माटो पेटमा पुगेमा विभिन्न प्रकारका रोग लाग्छन् । पेटलाई असर गर्छ । अपच हुन्छ । पखाला लाग्छ त्यसकारण कम्तीमा ३ पटक सफा पानीमा तरकारी पखाल्नुपर्छ ।

तरकारीलाई एक–एक गरेर सफा गर्नुपर्छ । नुन पानीले मजाले सफा गर्नुपर्छ । नुनले सागपातमा भएको नराम्रो गन्ध पनि हटाउछ । तरकारी कम्तीमा पनि ३ पटक सफा पानीले धुनुपर्छ ।

तरकारी फ्रिजमा राख्नु हुँदैन् । फ्रिजमा राखेको तरकारीले मानिसको शरीरमा उल्टै हानी गर्छ ।
सागपात चाडै सुख्खा बनाउन टाबेलले बेरेर बासिङ मेसिनको ड्रायर घुमाइदिँदा चाडैनै तरकारी सुख्खा हुन्छ र बिग्रदैन पनि ।

 



प्रतिक्रिया दिनुहोस्