Logo

चीन र जापानबीच समुन्द्री युद्धको खतरा



एजेन्सी, ३१ भाद्र । चीन र जापानबीच युद्धको खतरा बढेको छ । चनिसँग विवाद रहेको टापुमा जापानले रातो रेखा कोर्न थालेपछि युद्धको खतरा बढेको हो ।

जापानका रक्षामन्त्री नोबुओ किसीले सेन्काकु टापुमा रेखा कोरिरहेको खुलासा गरेका हुन् । सीएनएनसँगको अन्तवार्तामा उनले जापानको टापु रहेकोमा कुनै प्रश्न नभएको भन्दै त्यसको रक्षा गर्ने समेत बताए ।

चीनमा डिएयु टापु भनिने उक्त क्षेत्रमा दुई देशकै दाबी छ । जापानले टापुको रक्षाका लागि चीनको कुनैपनि थ्रेटको सामना गर्ने समेत किसीले बताए । आवश्यक प्रतिरक्षा गर्ने समेत उनको भनाई थियो ।

जापानले प्रतिरक्षा फौजको विस्तार गरिरहेको छ । उसले पनडुब्बी, मिसाइललगायत अत्याधुनिक हतियारको विकास गरिरहेको छ ।

मानवरहित चट्टाने सेन्काकु टापुमा शताब्दीऔं देखि चीन र जापानबीच विवाद छ । जापानको सबै टापुको पश्चिमतर्फ पर्ने टापु टाइवानको नजिक पर्छ । पूर्वी चीन समुन्द्रमा जापानले चीनको भन्दा बढी रक्षासम्बन्धी जहाज खटाएर टापुमा पकड राख्ने जनाएको छ ।

चीनले सेन्काकु टापु क्षेत्रमा जहाजहरु पठाएको छ । त्यस्ता जहाजहरु आफ्नो समुन्द्री क्षेत्रमा छिरेको आरोप छ । टापु नजिकै जापान र चीनका युद्धक जहाजहरु परिचालन गरिएका छन् ।



प्रतिक्रिया दिनुहोस्