Logo

सुन काण्डमा मुछिएकालाई पदोन्नति गरेर सरकारले गलत गर्यो, निर्णय सच्चाउनुपर्छ : धनराज गुरुङ



काठमाडौं, ३१ भदौ । सत्तारुढ दल नेपाली काँग्रसका नेता धनराज गुरुङले सुन घोटाला काण्डमा मुछिएका पशुपति क्षेत्र विकास कोषका तत्कालीन कोषाध्यक्ष मिलन थापालाई सरकारले सदस्य सचिवमा नियुक्त गर्नु गलत भएको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै यस्तो बताएका हुन् ।

नेता गुरुङले आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई उक्त निर्णय सच्चाउन अनुरोध गरेका छन् । साथै, उनले यति ठुलो भ्रष्टचार काण्डमा मुछिएकालाई उल्टै पदोन्नति गर्नु गलत भएको भन्दै यसको विरुद्धमा बोल्न सबैलाई अनुरोध गरेका छन् ।

उनले लेखेका छन्, ‘भ्रष्टहरु काँग्रेस र कम्युनिष्ट हुँदैनन्, यस्तो गम्भीर विषयमा मुख सिलाएर बस्नेहरु पनि अपराधी हुन् ।’



प्रतिक्रिया दिनुहोस्