Logo

चीनमा ‘चिकेन ब्लड’को ट्रेन्ड, बालबालिकालाई इन्जेक्सन दिँइदै



एजेन्सी, ३१ भदौ । चीनमा बालबालिकाहरुको एक नयाँ जेनेरेशन तयार हुँदैछ । यसको लागि बच्चाहरुलाई ‘चिकेन ब्लड’ अर्थात कुखुराको रगत को इन्जेक्सन लगाइएको छ । चीनीया आमाबुवाले नै आफ्नो सन्तानलाई यस्तो इन्जेक्सन दिइरहेका हुन् ।

सिंगापुर पोस्टको रिपोर्टलाई उधृत गर्दै भारतीय मिडियाले चीनीया आमा बुवाले आफ्ना बच्चाहरुलाई ‘सुपर किड’ बनाउन चाहेको उल्लेख गरेको छ । पोस्टको रिपोर्ट अनुसार चीनका बच्चाहरुलाई कुखुराको रगतको इन्जेक्सन दिइएको छ । यसले स्वास्थ्य सम्बन्धि सबै समस्या हटाइदिन्छ । शरीरलाई चुस्त र फुर्तिलो बनाउछ भन्ने उनीहरुले मान्यता राख्दै आएका छन् ।

रिपोर्टमा कुखुराको रगतको इन्जेक्सनले क्यान्सर र दरिद्रपनाबाट पनि मुक्ति पाइने दाबी समेत गरिएको छ । कुखुराको रगतमा स्टेरायड हुन्छ जसले बच्चाहरुको पढाई र खेलमा पनि राम्रो प्रदर्शन गर्न मद्दत गर्छ ।

 

 



प्रतिक्रिया दिनुहोस्