Logo

ओलीलाई ठूलो छाति बनाउन अष्टलक्ष्मीको आग्रह



काठमाडौं, ३१ भाद्र । बागमती प्रदेशकी मुख्यमन्त्रीसमेत रहेकी नेकपा एमालेकी अध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई फराकिलो छाति बनाउन आग्रह गरेकी छिन् । उनले ठूलो छाति बनाएर विगतको सहमति कार्यान्वयन गर्न आग्रह गरिन् ।

‘ठूलो छाति बनाउनुपर्छ,’ शाक्यले काठमाडौं जिल्ला कमिटीस्तरीय नेकपा एमालेको कार्यक्रममा भनिन्, ‘१० बुँदे सहमति कार्यान्वयन गरेर बढ्नुपर्छ ।’

उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिमको इञ्चार्जको जिम्मेवारी निरन्तर नबनाएकोमा ओलीइरत समूहहरु असन्तुष्ट भइरहँदा शाक्यको पछिल्लो भनाई आएको हो । रावल १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्ट छन् ।

शाक्यले सामन्ती सोच र विकास अन्त गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘सामन्ती सोच अन्त गर्नुपर्छ ।’ उनले सिंगो पार्टीको रुपान्तरणमा जोड दिइन् ।

विगतको कमी कमजोरीको निर्मम समिक्षा गर्नुपर्नेमा जोड दिइन् । उनले सच्चिएर बढ्नुपर्नेमा जोड दिइन् ।

शाक्यले गालीगलौजको संस्कार छाड्नुपने बताइन् । अध्यक्ष ओलीतर्फ संकेत गर्दै गालीगलौजको संस्कृति छाडेर रुपान्तरण हुनुपर्ने बताइन् । विचारबाट विचलित हुन नहुने उनको भनाई थियो ।

माधव नेपालले लिएको बाटो ठिक नभएको बताइन् । उनले भनिन्, ‘फुटको होइन जुटको राजनीति आवश्य छ ।’

‘माधव नेपाल अग्रज नेता हो भन्दै त्याग गरेको र जीवन दिएको पार्टी चटक्क छाडेको सही हुन सक्दैन,’ शाक्यले भनिन् । नेपाललाई आफूले दुःख गरेको पार्टीमा फर्किएर आउन आग्रह गरिन् ।-Photo By: Mukunda Kalikote

 

 



प्रतिक्रिया दिनुहोस्