Logo

५ केजी चाँदी सहित २ जना पक्राउ



सिरहा, ३१ भदौ । अवैध चाँदी सहित २ जना पक्राउ परेका छन् । अवैध रुपमा भन्सार छलि भारततर्फ लैजाँदै गरेको करिब ५ लाख रुपैयाँ मूल्य बराबरको करिब ५ केजी चाँदी जस्तो देखिने धातु सहित २ जनालाई भगवानपुर गाउँपालिका ४ ठाडीबाट बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत घर भएका ३५ वर्षीय रबी महतो र ४० वर्षीय पिन्टु महतो रहेका छन् । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त धातु सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्