Logo

सरकारी तलब कहिले ?



काठमाडौं, ३१ भाद्र । संशोधित बजेट सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणिकरण भई राजपत्रमा प्रकाशित हुन कति दिन लाग्ने हो ? सरकारी तलब र पेन्सन थाप्नेलाई यसले चिन्तित बनाएको छ । सरकारसँग रकम लिनुपर्नेहरु पनि चिन्तामा परेका छन् ।

दशैं नजिकिदै गएको छ । तर, कर्मचारीहरुले भाद्र महिनाको तलब कहिले पाउने हुन् अनिश्चित बनेको छ । सेना, प्रहरी, सामुदायिक विद्यालयका शिक्षक देखि सरकारी बजेटबाट तलब पाउनेहरु समस्यामा पर्ने भएका छन् ।

सरकारबाट तलब र पेन्सन प्रभावित हुँदा देशको सबै निकाय प्रभावित हुने भएको छ । यो कहिलेसम्म प्रभावित हुने हो ? चिन्ताको विषय बनेको छ ।

१ असोजमा कर्मचारीको खातामा तलबभत्ता र पेन्सन जम्मा हुनुपर्ने हो । प्रतिस्थापन विधयेक सदनबाट पारित नभएसम्म जम्मा हुनेछैन ।

सरकारले ल्याएको संशोधित बजेट सदनबाट अनुमोदित कहिले हुने हो निश्चित छैन । ४ असोजमा संसदको बैठक डाकिएको छ । तर, नेकपा एमालेले सदन अवरोध गर्दै आएको छ । अवरोध हटेर वा कुनै पनि तरिकाले बजेट पारित नभए दशैं आइरहँदा कर्मचारी चिन्तामा परेका छन् ।

बजेट पारित नभएपनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, न्यायाधीश र न्यायपरिषदका सदस्यको पारिश्रमिक तथा सुविधानको रकम संघीय सञ्चित कोषबाट झिक्न मिल्ने संवैधानिक व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्