Logo

चलचित्र ‘टुल्की’को टिजर सार्वजनिक



काठमाडौं, ३१ भदौ । चलचित्र ‘टुल्की’को टिजर सार्वजनिक भएको छ ।बहुपति प्रथामा आधारित चलचित्रको टिजर बुधबार सार्वजनिक गरिएको हो ।उच्च हिमाली भेगमा प्रचलित बहुपति प्रथामा एक भाइले विवाह गरेको महिलाबाटै सबै दाजुभाइले सन्तान जन्माउने, घर गृहस्थी चलाउने प्रचलन रहेको छ ।

चलचित्र डोल्पामा छायाङ्कन गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् ।शिशिर वाङ्देल, स्वस्तिमा कार्की, नरेन्द्र लामा, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बू, दीर्घ लामा, रत्नप्रसाद न्यौपाने, हिमाली न्यौपाने, भक्तसिंह कठायत, जुनु कार्की लगायतका कलाकारको अभिनय यस चलचित्रमा देख्न सकिन्छ । चलचित्रलाई देवजंग थापाले निर्देशन गरेका हुन् । साथै छायाङ्कन पनि देवजगं थापा लगायतको टिमले गरेको हो ।

चलचित्रको निर्माता आर.पी कर्माचार्य र शेखर लामाले गरेका हुन् । साथै चलचित्रको सम्पादन तारा थापा किम्भेले गरेका हुन् । चलचित्रको टिजर ‘द पाल्म ग्रुप’को युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्