Logo

पेस्तोलसहित सितापाइलाबाट १ जना पक्राउ



काठमाडौँ, ३१ भदौ । शसस्त्र प्रहरी बलको विशेष टोलीले राजधानी काठमाडौँको सितापाईलाबाट एक जना युवा पेस्तोलसहित पक्राउ गरेको छ।

प्रहरी बलको विशेष टोलीका अनुसार बुधबार दिउँसो ४ बजे तिर कामपा १६ स्थित सितापाईला छाउनी मार्गको रोक चिल्ली रेष्टुरेण्टबाट सोनाम तामाङ पेस्तोलसहित पक्राउ गरेको हो।

२४ वर्षीय तामाङको साथबाट मेड इन जर्मनी लेखिएको पेस्तोलसहित पाँच राउण्ड गोली, एक थान मोबाइल र बा४९प ७५६५ नम्बरको होण्ड साइन मोटर बाइकसमेत पक्राउ गरेको टोलीले जानकारी दिएको छ।

पक्राउ परेका तार्केश्वर नगरपालिका वडा नम्बर ३ का तामाङमाथि थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको शसस्त्र प्रहरी बलको विशेष टोली एक अधिकारीले जानकारी दिएका छन्।



प्रतिक्रिया दिनुहोस्