Logo

कारञ्जित नेतृत्वमा काठमाडौको ‘भिआईपी एरिया’को जनगणना हुँदै



काठमाडौं, ३१ भदौ । राष्ट्रिय जनगणना कार्यक्रम भदौं ३० गतेदेखि सुरू भएको छ । काठमाडौं उपत्यकासहित देशभर एकसाथ राष्ट्रिय जनगणना २०७८ सुरू भएको हो । भदौं ३० गतेबाट सुरू भएको घर तथा घरपरिवार सूचिकरण विवरण संकलनको काम असोज १८ गतेसम्म चल्ने छ । ‘ मेरो गणना, मेरो सहभागिता’ भन्ने मुख्या नाराका साथ सुरू भएको राष्ट्रिय जनगणनामा सुपरीवेक्षकहरू घर-घरमा पुगेर घर तथा घर परिवारको विवरण लिने काम गरिरहेका छन् ।

काठमाडौंमा पनि यो काम जारी छ । काठमाडौंको ‘भिआईपी एरिया’को रूपमा रहेको बालुवाटार, सिंहदरबार, नक्साल, लाजिम्पाट, लैनचौर, महाराजगञ्जदेखि वसन्तपुरसहितको जनगणना देवेन्द्रलाल कारञ्जित नेतृत्वमा भइरहेको छ । धेरैको चासो रहेको काठमाडौं महानगरपालिकाको भिआईपी ठाउँ रहेको वडा नम्बर १, २, ३, ४, ५, ११, २१, २२, २३, २४, २५, २६,२७,२८, २९ र ३० नम्बर वडाको जनगणना अधिकारी कारञ्जित हुन् ।

उनको नेतृत्वमा करिब १ सय २० जना सुपरीवेक्षक खटिएका छन् । काठमाडौँ महानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५ भिआईपी एरिया हो भने ११, २१, २२, २३, २४, २५, २६,२७,२८, २९ र ३० नम्बर वडा कोर वस्ती भएको ठाउँ हो । यो क्षेत्रको कमाण्ड कारञ्जितले सम्हालेका छन् । जिल्ला जनगणना कार्यालय काठमाडौँ ‘घ’ काअनुसार ४.५ ५ जनगणना क्षेत्र ‘इए’ बराबर एक सुपरीवेक्षक खटाइएको छ ।

३० गतेदेखि नै घरपरिवार सूचीकरणमा खटिएका सुपरिवेक्षकहरुमध्ये वडा कार्यालय रहेको जगणणना क्षेत्र ‘इए’ मा खटिएका सुपरिवेक्षकहरुले वडा कार्यालयमा गएर सामुदायिक प्रश्नावली भर्नुपर्ने छ । मुख्य जनगणनाको काम भने कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले बनाए ।



प्रतिक्रिया दिनुहोस्