Logo

सहारा क्षेत्रका आईएस नेता मारिएको फ्रान्सको दाबी



काठमाडौँ, ३१ भदौ। फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले इस्लामिक स्टेट(आईएस) का सहारा क्षेत्रका प्रमुख नेता मारिएको बताएका छन् ।इस्लामिक स्टेट ग्रेटर सहारा(आईएसजीएस) का शीर्ष नेता अदनान अबु वालिद अल सहरावी फ्रान्सेली सेनाको कारबाहीमा मारिएको राष्ट्रपति म्याक्रोंले जनाएका हुन् ।

सहारा क्षेत्रमा उक्त समूहले लगातार आक्रमण गरिरहेको थियो । सन् २०२० मा फ्रान्सेली सहायताकर्मीको हत्यामा पनि उक्त समूहको संलग्नता रहेको थियो ।राष्ट्रपति म्याक्रोंले आतंकवादविरुद्ध ठूलो जित हात लागेको प्रतिक्रिया दिएका छन् । गत अगस्टमा सहरावीले ६ जना फ्रान्सेली नागरिकको हत्या गर्न निर्देशन दिएको पनि उनले बताएका छन् । उक्त समूह सन् २०१७ मा नाइजरमा अमेरिकी सेना र सन् २०१९ मा नाइजर र मालीमा भएको आक्रमणमा समेत संलग्न रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्