Logo

सालनाल सहितको बच्चाको शव ललितपुरको चापागाउँमा भेटियो



ललितपुर, ३१ भदौ । सालनालसहितको बच्चाको शव ललितपुरको चापागाउँमा भेटिएको छ । गोदावरी नगरपालिका ११ सेराफाटको सरिता घिसिङले गरेको तरकारी खेतीको टनेलमा नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार माटोको थुप्रोमा पुरिएको अवस्थामा बच्चाको शव बुधबार बिहान फेला परेको हो ।

तरकारी टिप्न जाँदा माटाको थुप्रो देखिएको र माटो पन्छाएर हेर्दा सालनालसहितको शव देखिएको प्रत्यक्षदर्सी बताउछन् । शिशुको शव पोस्टमार्टमको लागि पाटन अस्पतालमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्