Logo

रामहरि खतिवडाको मोटरसाइकलमा किशुनजी चढेको त्यो दिन



काठमाडौं, ३१ भाद्र । यो तस्बिर २४ वर्ष पुरानो हो । नेपाली काँग्रेसका पूर्वसांसद रामहरि खतिवडा त्यतिबेला मोटरसाइकल चढ्थे । उनको मोटरसाइकलमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई चढे ।

२०५४ सालमा ठट्यौली स्वभावका भट्टराई मोटरसाइकल चढेपछि काँग्रेसका नेता कार्यकर्ता झुम्मिए । तारानाथ रानाभाट, ओमकार श्रेष्ठ, गोविन्द भट्टराई जस्ता नेताहरु त्यतिबेला नजिक आए । विश्वप्रकाश शर्मा पछि किशुनजीको नजिक देखिन्थे ।

भट्टराई मोटरसाइकलमा चढेर हात हल्लाए । नेपाल विद्यार्थी संघको कार्यक्रममा भट्टराई पुगेका थिए । तस्बिर स्रोतः रामहरि खतिवडाको ट्वीटर पेजबाट



प्रतिक्रिया दिनुहोस्