Logo

मुलुकको समृद्धि जस्ले गर्न सक्छ उसैले एमालेको नेतृत्व गर्छः ईश्वर पोखरेल



काठमाडौं, ३१ भाद्र । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मुलुकको समृद्धि जस्ले गर्न सक्छ उसैले पार्टीको समेत नेतृत्व गर्ने बताएका छन् । उनले एमालेको नेतृत्व क्षमताका आधारमा चयन हुने बताए ।

‘मुलुकको समृद्धि जस्ले गर्न सक्छ उसैले एमालेको नेतृत्व गर्छ,’ पोखरेलले नेकपा एमाले काठमाडौं स्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै भने ।

उनले एमाले फुटेको विषयमा बोल्दै किलाकाटा मात्र खुस्किएको बताए । त्यसलाई मिलाउनुपर्ने समेत बताए ।

काठमाडौंमा ३० हजार लेभी तिर्ने सदस्य रहेको उल्लेख गर्दै ५० हजार बनाउनुपर्ने बताए ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्