Logo

माधव नेपाल घरमा आगो लगाएर खरानी धसेर हिडेको मान्छेः ओली



काठमाडौं, ३१ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले घरमा आगो लगाएर खरानी धसेर हिंडेको टिप्पणी गरेका छन् । उनले नेपालमाथि कार्यकर्ताको जीवनसँग खेलवाड गरेको आरोप लगाए ।

‘माधव नेपाल घरमा आगो लगाएर खरानी धसेर हिंडेको मान्छे,’ ओलीले एमालेको काठमाडौं जिल्लास्तरीय प्रशिक्षणमा भने, ‘भ्रममा नपरी फर्किउनुहोस् ।’

व्यक्तिगत कुण्ठाले ग्रसित भएर माधव नेपाल अलग्गिएको बताए । उनले नेपालमाथि देशको भविष्यसँग खेलवाड गरेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्