Logo

तालिवानसँग सहकार्य गर्न विश्व समूदायलाई पाकिस्तानको आग्रह



एजेन्सी, ३१ भदौ । पाकिस्तानकै बलमा तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेको पुष्टि हुने गरी गतिविधिहरु बढ्न थालेको छ । पाकिस्तानी खुफिया एजेन्सी आइएसआईका प्रमुख फैज हमिद तालिवान सरकार नबन्दै काबुल पुगेर माइक्रोमेनेजमेन्ट गरे । तालिवानको सरकार त्यसपछि बन्यो ।

अहिले फेरि पाकिस्तानलाई खुलेर साथ दिएको छ र विश्व समुदायलाई साथ दिन आग्रह गरेको छ । पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद योसुफले तालिवानसँग सहकार्य गर्न विश्व समूदायलाई आग्रह गरेका हुन् ।

पाकिस्तानको राजधानी इस्लामाबादमा बुधबार भएको अन्तराष्ट्रिय पत्रकार सम्मेलनमा तालिवानसँग सहकार्य गर्न वा सहकार्य नगरे जोखिम भोग्न तयार रह्न बताएका हुन् । उनले अन्तराष्ट्रिय समुदायलाई विगतमा गरेको गल्तीलाई पुनः नदोहोराउन आग्रह गरे ।

योसुफले पत्रकार सम्मेलनमा भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यम सल्जजीराले लेखेको छ,‘अन्तराष्ट्रिय समुदायले विगतमा गरेको गल्तीलाई पुनः नदोहोर्याउन हामी निकै प्रयासरत छौँ । सबै भन्दा पहिले अफगानिस्तानमा शान्ति र स्थिरता कायम गर्न जरुरी छ ।’

अफगानिस्तानमा तालिवानले १५ अगस्तमा कब्जा गरेको थियो । त्यसपश्चात पाकिस्तान, अफगानिस्तानका अन्य छिमेकी मुलुकहरुले अफगानिस्तानको नयाँ अन्तरिम सरकारलाई अन्राष्ट्रिय समु्दायले सहयोग गर्न आवहान गरिरहेका थिए । तालिवानले कब्जा जमाएपछि अफगानिस्तानमा आर्थिक तथा सामाजिक अभाव भइरहेको बेलामा संयुक्त राष्ट्रसंघले १ खर्ब भन्दा बढीको सहयोग जुटाएको छ ।

तालिवानले अफगानिस्तान कब्जा गरेपछि तालिवानल नेतृत्व गरेलगत्तै अफगानिस्तानको जम्मा पूजिलाई अमेरिकाले फ्रिज गरिदिएको थियो । युसुफले तालिवान २० वर्ष देखि अमेरिका र नेटोविरुद्व निरन्तर संघर्ष गर्दै आएको कारण तालिवानसितको नयाँ सहकार्य गर्न आवश्यक रहेको बताए । युसुफले भने,‘हामी अफगानिस्तानको विकासका लागि सकारात्मक बन्नुपर्छ ।’ तालिवान सत्तामा आएलगत्तै विश्वलाई अफगानिस्तानमा सहकार्य गर्न आव्हान गरेको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्