Logo

यमनमा झडप, पचासको मृत्यु



दुबइ, ३१ भदौ : यमनको मध्य प्रान्त अल बायदामा भएको झडपमा परी सरकार समर्थक सैनिक र विद्रोही गरी कम्तीमा ५० मारिएका छ ।

एएफपी समाचार समितिलाई सैनिक स्रोतले जानकारी दिएको जानकारी अनुसार झडपको क्रममा मारिएका व्यक्तिहरुमा एक उच्च सैनिक अधिकारी पनि रहेका छन् ।

एक कर्नेल, १९ सरकार समर्थक सैनिक, कम्तीमा ३० विद्रोही मारिएको सो स्रोतले जनाएको छ । सरकार समर्थक सेना र विद्रोहीबीच भएको झपड र हवाई आक्रमणमा परी ३० विद्रोही मारिएको बताइएको छ

हुथी विद्रोहीहरुले मारिएका आफ्ना लडाकू संख्या कम मात्र बताएका थिए । तर कम्तीमा ३० हुथी विद्रोही मारिएका सैनिक स्रोतले दावी गरेको छ ।

इरानको सहयोग रहेको यस विद्रोही समूहले हालैका हप्ताहरुमा अल बायदा प्रान्तमा आक्रमण बढाएको छ ।

साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।-एएफपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्