Logo

फिफा वरियतामा नेपालको स्थान यथावत



काठमाडौं, ३१ भदौ । नेपाली राष्ट्रिय फुटबल टोली फिफाको वरियतामा यथावत रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरको नयाँ वरीयता अनुसार नेपाल पुरानै १६८औं स्थानमा रहेको हो ।
नेपाल दक्षिण एसियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा छ ।

नेपाल भन्दाअघि भारत र माल्दिभ्स रहेको छन् । नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् । नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ । साथै, दोस्रोमा ब्राजिल, तेस्रोमा इंग्ल्यान्ड, चौथोमा फ्रान्स र पाँचौ स्थानमा इटाली रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्