Logo

आज १५ सय संक्रमित थपिए, १६ सय निको



काठमाडौं, ३१ भदौ । आज नेपालमा कोरोना भाइरसका १ हजार ५ सय ११ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ८१ हजार ९ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज १ हजार ६ सय ८९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ४५ हजार २ सय १५ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १६ सय ६५ पिसीआर र ३ सय ४६ एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्