Logo

१४ सांसदको कारबाहीको सूचना प्रकाशित नभएसम्म संसद् चल्न दिन्नौं : नेम्वाङ



काठमाडौं, ३१ भदौ । नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एमालेले १४ जना सांसदलाई गरेको कारबाहीको सूचना प्रकाशन नभएसम्म संसद् चल्न नदिने बताएका छन् ।

आज राति ८ः०० बजे प्राइम टिभीबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सभामुख सापकोटाले एमालेले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई कारबाहीको सूचना टाँस नगरेकोमा उनले आक्रोश पोखेका छन् । संसद् अवरुद्ध गर्नु आफूहरुको बाध्यात्मक कदम भएको पनि उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्