Logo

सत्ता गठबन्धनमा खटपट बढ्दा कार्यदलको बैठक



काठमाडौं, ३१ भाद्र । सत्ता गठबन्धनका दलहरुमा खटपट बढ्दा कार्यदलको बैठक बसेको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको हो ।

सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रमको कार्यदलको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश निष्कृय बनाउने, सरकारको साझा कार्यक्रम लगायत विषयमा केन्द्रित भएको बुझिएको ।

बैठकमा कार्यदलका संयोजक काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का, रमेश लेखक, डा. मीनेन्द्र रिजाल, माओवादी केन्द्रका वर्षमान पुन र देव गुरुङ र जसपाका महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन् ।

अध्यादेश निष्कृय नहुँदा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । गठबन्धनका दलहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीको सूची दिन मानेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्