Logo

आइएमईको दशैं अफर



काठमाडौं, ३१ भाद्र । आइएमईले दशैं तिहार अफर ल्याएको छ । आइएमई डबलको डबलको डबल अफर आज सार्वजनिक गरेको हो । असोज १ देखि कार्तिक २६ सम्म अफर लागू हुने जनाइएको छ ।

अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५,००० भन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता २ जनालाई पठाएको रकमको दुई गुणा, हरेक महिना २ जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल अर्थात् चार गुणा तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल अर्थात् आठगुणा सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ ।

आइएमई पे मा रकम प्राप्त गर्दा रु २०० थप बोनसको व्यवस्था मिलाईएको छ । आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले अफरबारे जानकारी दिए । उनले अफरबाट सेवाग्राहीले अझ लाभ पाउने बताए । उनले आइएमई र सेवाग्राहीको सम्बन्ध अझ मजबुत हुने आशा व्यक्त गरे ।

आइएमईका महाप्रवन्धकद्वय खिलेन्द्र पौडेल र रूद्रराज पौडेलले अफरको विषयमा जानकारी गराएका थिए ।

आइएमईका ब्राण्ड एम्बासडरद्वय दीपकराज गिरी र दीपा निरौलाले आइएमईले व्यवसायका अतिरिक्त सामाजिक क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताए ।

‘लक्की ड्र’ मार्फत गरिनेछ भाग्यशाली विजेताको नाम सार्वजनिक गरिने जनाइएको छ। अफरमा सहभागी हुन
सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । विजेताका नेपालमा रहेका आफन्तले पुरस्कार रकम प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।

२१ वर्षअघि स्थापना भएको आइएमइका देशभर २ सय २५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् रेमिट्यान्स भुक्तानी गर्दै आएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्