Logo

ओली भेट्न कानूनमन्त्री बालकोटमा, संसद् अवरोध खुलाउने प्रयत्न



काठमाडौं, ३१ भदौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । पछिल्लो समय प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरुद्ध गरिरहेकोले संसद् सुचारु गराउनको लागि छलफल गर्न कानूनमन्त्री कार्की ओलीनिवास बालकोट पुगेका छन् ।

आफ्नो पार्टीले १४ जना सांसदलाई गरेको कारबाहीको सभामुख अग्निप्रसाद सापकोटाले सूचना प्रकाशन नगरेको भन्दै एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको छ । यो बीचमा सभामुखले आह्वान गरेको संसद्मा प्रतिनिधित्व गर्ने दलहरुको बैठकमा समेत एमालेले भाग लिएनन् । अब बस्ने संसद्मा एमालेले अवरोध नगरोस भन्ने अपेक्षासहित छलफल गर्न कानूनमन्त्री कार्की बालकोट पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्