Logo

देउवाको सन्देश लिएर मन्त्री कार्की बालकोट



काठमाडौं, ३१ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की बालकोट पुगेका छन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर बालकोट पुगेको बुझिएको छ ।

भेटमा सदन सहज तरिकाले सुचारु गर्नेबारे सहमतिको सन्देश लिएर कार्की पुगेको बुझिएको छ । एमालेले सदन अवरोध गर्दा देश बजेटविहिन अवस्थामा छ । सरकारी खर्च रोकिएको छ । भोलिबाट तलब भत्ता रोकिदैछ ।

सरकारले प्रतिस्थापन बजेट ल्याएको छ । यसलाई पारित नगरे सरकारी खर्चका लागि ताला खुल्ने छैन ।

यसैगरी, एमसीसी पारित गर्नेबारे पनि कार्की सक्रिय छन् । उनले यसअघि पनि सहमतिको महत्वपूर्ण सन्देशसहित ओलीलाई भेटेका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्