Logo

अग्रता जोगाउन नसक्दा लेस्टर सिटी बराबरीमा रोकियो



काठमाडौं, १ असोज । युरोपा लिग फुटबलमा लेस्टर सिटी नापोलीसंग बराबरीमा रोकिएको छ । बिहिबार भएको समूह सीको खेलमा लेस्टरले नापोलीसंग २–२ गोलको बराबरी खेलेको हो । खेलको ९औं मिनेटमा आयोज पेरेजको गोलमा लेस्टरले सुरुवाती अग्रता लिएको थियो ।

साथै, खलको हार्वे बान्र्सले ६४औं मिनेटमा लेस्टरको अग्रतालाई दोब्बर बनायो । तर, खेलको ६९औं र ८७औं मिनेटमा ओसिम्हेनले लगातार गोल गर्दै नापोलीलाई बराबर बनाउन सफल भए । लेस्टरले २–० को अग्रतालाई जोगाउन नसक्दा नापोलीसंग बराबरीमा रोकिएको हो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्