Logo

रियलमी टेकलाइफ इको सिस्टम डीजोको पहिलो ब्रान्ड अब नेपालमा



काठमाडौं, १ असोज । डिजोले रियलमी इकोसिस्टम र पशुपति ट्रेड लिंक प्राइभेट लिमिटेड अन्तर्गतको पहिलो ब्रान्डको रूपमा नेपालको एक मात्र वितरक रहेको आधिकारिक घोषणा गरेको छ । “डी–जो” भनेर उच्चारण गरिने यो नयाँ ब्रान्डको उद्देश्य भनेको प्राविधिक समानताको बाधाहरुलाई तोड्ने र सबै उपभोक्ताहरुको आवश्यकताहरुलाई मध्य नजर गरेर विभिन्न समाधानको समस्याहरुलाई हल गर्नु रहेको कम्पनीले जनाएको छ ।

आफ्ना उपभोक्ताहरुलाई “फरक हुन” र सामाजिक रूपबाट धेरै सक्रिय र अद्वितीय हुनको लागी आग्रह गदै, डीजोले उपभोक्ताको व्यक्तित्वको प्रशंसा गर्ने टेक्नोलोजीको प्रस्तुती दिएको छ जसले उपभोक्ताहरुलाई सशक्त बनाउँछ र उनीहरुको व्यक्तित्वको विस्तार हुन्छ । डीजाकोे फिलोसोफी र अहिले सम्मको यात्रालाई स्मार्ट टेक लाइफद्वारा इन्हान्स्ड गरिएको छ । डीजोले सबैलाई आफुले बाँचा गरेको जीवनको आनन्द उठाउन सशक्त बनाउने लक्ष्य राखेको जानकारी दिएको छ ।

डीजो रियलमीका साथ आफ्नो उपभोक्ताहरुको लागी ब्रान्डहरु मध्यको सबै भन्दा गुणस्तर उत्पादन ल्याउनेमा प्रतिबद्ध रहेको छ । वास्तवमा, डीजो रियलमी सपोर्टका साथ ३ वटा प्रमुख एस्पेक्टमा आउँदछ– औद्योगिक डिजाइन, सपोर्ट चेन र एआईओेटी एक्सपेरियन्स जुन रियल मी लिंक एप्लिकेसनसँग राम्ररी काम गर्दछ ।

डीजोको फोकस भनेको एआईओेटी उत्पादनहरुको एक सम्पूर्ण रेन्जको एउटा पोर्टफोलियो बनाउनु हो । जसलाई उपभोक्ताहरुले आफ्नो दैनिक जीवन शैलीमा उपयोग गर्न सक्छन् । त्यो कुरालाई ध्यानमा राखेर, डीजोको चार वटा प्रमुख उत्पादनका श्रेणीहरु–स्मार्ट इन्टरटेन्मेन्ट, स्मार्ट होम, स्मार्ट केयर र एक्सेसरिजहरुमा ध्यान केन्द्रित रहेको छ ।

कम्पनीले डीजो ब्रान्ड फीचर फोनको मोडल स्टार ३०० पनि लन्च गरेको छ जसको डिजाइनमा प्रीमियम १.७७ इन्चको स्क्रिन डिस्प्ले, २५५० एमएएचको ब्याट्री जुन डुअल माइक्रो सिम सपोर्टका साथ उपलब्ध रहेको छ । अर्को मोडल स्टार ५०० प्रीमियम डिजाइन२.८ इन्चको बिग स्क्रिन डिस्प्ले, १९०० एमएएचको ब्याट्रीको साथ उपलब्ध छ जसले दुईवटा सिमलाई सपोर्ट गर्दछ ।

एआईओटी गोपड्सका साथसाथै गो पड्स डी र स्मार्ट घडी जसले दुवै एन्ड्रोइड र आईओएसलाई सपोर्ट गर्दछ यिनीहरु पनि उपलब्ध रहेका छन् । डीजो स्टार ३०० को मूल्य रु २०७८, डीजो स्टार ५०० को मूल्य रु २८७८, गोपड्सको मूल्य रु ६०६९,गोपड्स डीको मूल्य रु २८९९ र स्मार्ट घडीको मूल्य ६४६४ रहेको छ । –“बी डिफ्रेन्ट” ट्यागलाइनका साथ ग्लोबल ब्रान्ड डीजोले सबै ग्राहकहरुका लागि “स्मार्ट टेक लाइफ” ल्याउने वाचा गर्दछ

 

 



प्रतिक्रिया दिनुहोस्