Logo

काबुल पावरप्लान्ट नजिक सातवटा मिसाइल दागिए



एजेन्सी, १ असोज । अफगानिस्तानको राजधानी काबुलस्थित रहेको पावर प्लान्ट नजिक सातवटा मिसाइल आक्रमण भएको छ । काबुलको उत्तरपश्चिम क्षेत्रमा रहेको पावर प्लान्ट नजिक बिहीबार सातवटा मिसाइल आक्रमण भएको प्रत्येक्षदर्शीहरुले आमाज न्युज एजेन्सीलाई बताएको हो ।

न्युज एजेन्सीको रिपोर्ट अनुसार मिसाइल काबुल स्थित रहेको पावर प्लान्ट नजिक खसालिएको छ । उक्त आक्रमणमा कुनै विवरण सार्वजनिक भइसकेको छैन् । उक्त आक्रमणको दाबी भने अहिलेसम्म कसैले गरेको छैन् ।



प्रतिक्रिया दिनुहोस्