Logo

मोदीको जन्मदिनमा प्रधानमन्त्री देउवाको शुभकामना



काठमाडौं, १ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा शुभकामना दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री देउवाले मोदीलाई शुभकामना दिएका हुन् ।

मोदीको आज ७१औं जन्मदिन हो । देउवाले जन्मदिनको अवसरमा मोदीको सु–स्वास्थ्य र आगामी दिनमा सफलताको कामनासमेत गरेका छन् । भारतीय सत्तारुढ दल भाजपाले मोदीको जन्मदिन भव्य रुपमा मनाउने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्