Logo

एक्सेल डेभलपमेन्टको शेयरमुल्य नेप्सेमा समायोजन



काठमाडौं, १ असोज । एक्सेल डेभलपमेन्ट बैंकको शेयरमुल्य नेप्सेले समायोजन गरेको छ । नेप्सेको अनुसार बैंकको १२ प्रतिशत बोनस शेयर र ३० प्रतिशत हकप्रद शेयर प्रयोजनको लागि मुल्य समायोजन गरेको हो ।

नेप्सेले १ हजार ५३ रुपैयाँ अन्तिम मुल्यको आधारमा १२ प्रतिशत बोनस र हकप्रद शेयरपछिको मुल्य ७ सय ६२ रुपैयाँ निर्धारण गरेको हो ।

हाल कम्पनीको चुक्तापुँजी ८१ करोड ११ लाख २१ हजारको आधारमा २४ लाख ३३ हजार ३ सय ६३ कित्ता शेयर बिक्रि गर्न लागेको जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्