Logo

कम्पनीका संस्थापक खरेलका पिताको निधनप्रति क्लासिक टेकद्धारा दु:ख व्यक्त



काठामाडौं, १ असोज । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रा.लि. का फाउन्डर तथा प्रमुख कार्यकारी अधिकृत प्रमेश खरेलको पिता स्व. विश्वनाथ खरेलको ८५ बर्षको उमेरमा असामायिक निधन भएको छ ।

एक विज्ञप्ती जारी गर्दै क्लासिक टेक परिवारले वि.सं. १९९३ साल मंसिर १३ गते जन्मिएका  खरेलको भदौ २१ गतेको दिन भएको असामायिक निधनप्रति गहिरो समवेदना व्यक्त गरेको हो ।

कम्पनीले जारी गरेको बिज्ञप्ती आज लेखिएको छ, ‘१३ औं दिनको पून्य तिथिको अवसरमा क्लासिक टेक परिवार हार्दिक समबेदना अपर्ण गर्दै सम्पूर्ण परिवारजन तथा समस्त शुभचिन्तकहरूमा धैर्य धारण गर्न तथा दिवगंत आत्माको चिरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना अर्पण गदर्छौँ । साथै यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै धैर्यधारण गर्र्ने शक्ति प्रदान गरुन् भनि ईश्वरसँग प्रार्थना गर्दछौं ।’



प्रतिक्रिया दिनुहोस्