Logo

टी-२० विश्वकपपछि कोहलीले भारतीय क्रिकेट टोलीको कप्तानी छोड्ने



एजेन्सी, १ असोज: पुरुष टी-२० विश्वकपपछि विराट कोहलीले आगामी नोभेम्बरमा भारतको ट्वेन्टी-ट्वेन्टी क्रिकेट टोलीको कप्तानी छोड्ने घोषणा गरेका छन्। तर, उनले एकदिवसीय र टेस्ट खेलका लागि भारतीय राष्ट्रिय टोलीको नेतृत्व गरिरहनेछन्। सामाजिक सञ्जालमा लेख्दै कोहलीले आफूले वनडे र टेस्ट खेलमा ध्यान केन्द्रित गर्न चाहेको जनाएका छन्।

आफूलाई भारतीय टोलीको प्रतिनिधित्व गर्ने सौभाग्य मात्र प्राप्त भएको हैन अधिकतम योग्यतासहित आफूले टोलीको नेतृत्व गरेको भन्दै कोहलीले भारतीय टोलीको कप्तानीको यात्रामा आफूलाई समर्थन गर्ने सबै जनालाई धन्यवाद दिएका छन्।”म उनीहरूबिना यो पूरा गर्न सक्दिनथेँ – मेरा खेलाडी साथि, सहायता कर्मचारी, चयन समिति, मेरा प्रशिक्षक तथा सबै भारतीय जसले हाम्रो जितका लागि प्रार्थना गरे,” उनले भनेका छन्।



प्रतिक्रिया दिनुहोस्