Logo

नेपालले गरे पार्टी केन्द्रीय कार्यालयको उद्घाटन (फोटोफिचर)



काठमाडौं, १ असोज । माधव नेपालले आफ्नो पार्टी नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयको उद्घाटन गरेका छन् । आज (शुक्रबार) बिहान आलोकनगरमा स्थापना गरिएको पार्टी कार्यालयको अध्यक्ष नेपालले रिबन काटेर उद्घाटन गरेका हुन् । पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष नेपालले पार्टी देश र जनताप्रति समर्पित हुने बताउँदै सोहीअनुसार आफ्नो भूमिकामा खरो उत्रिन नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । त्यस्तै, उनले आगामी असोज ५ गतेसम्म सरकारले पूर्णता पाउने पनि विश्वास दिलाएका छन् ।

पार्टी कार्यालय ५ वर्षको लागि भाडाामा, मासिक भाडा तीन लाख

उक्त पार्टी कार्यालय ५ वर्षको लागि भाडामा लिईएको नेताहरुले बताएका छन् । र, घरको भाडा मासिक तीन लाख रुपैयाँ पर्ने पनि जनाईएको छ । एमाले विभाजन गरेर माधव नेपालले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरेका हुन् । निर्वाचन आयोगले मान्यता दिएपछि देशव्यापी रुपमा अहिले नेकपा (एकीकृत समाजवादी) दलको जिल्ला कार्यालयहरु खोलिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्