Logo

हिमालयन बैंकद्धारा महानगरीय प्रहरी वृत्तलाई कम्प्युटर सहयोग



काठमाडौं, १ असोज । हिमालयन बैंकले ‘महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वर’ लाई दुई थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका कर्मचारीहरुलाई आधुनिक प्रणालीको कम्प्युटरको कमी हुनाका कारण दैनिक प्रशासकीय कार्यमा ढिला–सुस्ती भएको हुँदा सो कार्य सहज होस् भनेर बंैकले रुपैया एक लाख दश हजार मुल्यको दुई थान कम्प्युटर सेट सहयोग स्वरुप प्रदान गरेको जानकारी दिएको छ ।

बैंकका तर्फबाट बैंकका मुख्य प्रबन्धक समीर आचार्यले नयाँ बानेश्वर महानगरीय प्रहरी वृत्तका प्रहरी उपरिक्षक मीम बहादुर लामालाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम