Logo

माधव नेपालले सपनामा पनि एमालेसँगै बसेको देख्नुहुन्छ : योगेश भट्टराई



काठमाडौं, १ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव योगेश भट्टराईले माधव नेपाल अन्ततः एमालेमै फर्कने दाबी गरेका छन् । उनले माधव नेपाललाई एमाले घरको ‘होम सिक’ हुने टिप्पणी गरेका छन् । शुक्रबार प्रेस चौतारी नेपाल, कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका भट्टराईले माधव नेपाल एमालेमा फर्किएपछिमात्रै होमसिक निको हुने व्यंग्य कसे । उनले विभाजनले कसैको पनि राम्रो नहुने भन्दै नेकपा (एकीकृत समाजवादी) मा लागेकाहरुलाई एमालेमा फर्कन अपिल अपिल गरे । file photo

 

 



प्रतिक्रिया दिनुहोस्