Logo

चीनले यसरी अतिक्रमण गरेको रहेछ हुम्लास्थित नेपाली भूमी



काठमाडौं, १ असोज । चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको बलिया तथ्यहरु फेला परेका छन् । नयाँ सीमा स्तम्भ चीनले आफै राख्ने देखि पुराना सीमा स्तम्भ पनि ढलेको भेटिएको छ ।

चीनले १२ नम्बर पिलर नयाँ बनाएर खडा गरेको भेटिएको छ । सीमा स्तम्भमै जोडेर तारबार र गेट राख्ने गतिविधिहरु पनि गरेको खुलेको छ ।

सीमा क्षेत्रमा नो म्यान्ड ल्यान्ड राखेर तारबार गर्ने प्रचलन छ । तर, सिधै सीमामा जोडेर तारबार लगाइएको छ । किट भन्ने स्थानको पिलर नम्बर ५ का दुईवटा पिलरमा चीनले तारबार राखेको देखिन्छ । पिलर नम्बर ५ २ को स्तम्भ पनि नयाँ बनाएको भेटिएको छ ।

सीमामा तारबार पनि दुई देशको सहमतिमा नभई एकतर्फी लगाएको बुझिएको छ ।

लाप्चा भञ्ज्याङ, लिमीको टाकुल्ले क्षेत्र, गुप्पुदोचामा सीमा अतिक्रमण भएको तथ्य पत्ता लागेको छ । स्थानीयवासीले स्तम्भ रहेको क्षेत्र नेपालकै हो । स्थानीयवासीले १२ नम्बर जस्तै ५ नम्बर र अन्य स्तम्भ भएको ठाउँमा पनि अतिक्रमण भएको छ ।

लोलुजोङमा चीनले पूर्वाधार निर्माण गरेको छ । उसले त्यहाँ सुरक्षाकर्मी तैनाथ गरेको छ ।

स्थानीयवासीले सीमास्तम्भ विगतमा र अहिले फरक ठाउँमा राखिएको बताए । केही वर्ष अघि मात्र तारबार लोलुङजोङमा संरचना बनाएको बताए ।

यसैगरी सीमा अध्ययन टोली हिल्सा पुगेको छ । गत हप्ताबाट सीमा अध्ययनका लागि चीनसँगको सीमा क्षेत्रमा पुगेको टोली हिल्सातर्फ लागेको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा दुई प्राविधिक, सशस्त्र र नेपाल प्रहरीका अधिकारीहरुसहित टोलीलाई स्थानीय र जनप्रतिनिधिले साथ दिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्