Logo

भारतको राम मन्दिर सन् २०२४ मा हुने लोकसभा निर्वाचन अगावै खुल्ने



एजेन्सी, १ असोज । भारतको अयोध्यास्थित निर्माणाधीन अवस्थामा रहेको राम मन्दिर सन् २०२४ को लोकसभा निर्वाचन अगावै खुल्ने भएको छ । मन्दिरको पहिलो चरणको निर्माण बिहीबार सम्पन्न भएको श्री राम जन्मभूमि तिर्थ ट्रस्टले जनाएको छ ।

समून्द्री सतहबाट करिब १०७ मिटरको उचाईसम्म मन्दिरको निर्माण भएको जनाइएको छ भने मन्दिरको सम्पूर्ण कार्य २०२३ सम्ममा सकिने जनाइएको छ । त्यसैगरी लोकसभा निर्वाचन अगावै मन्दिर खुल्ने  ट्रष्टले जनाएको टाइम्स अफ इन्डियाले लेखेको छ । राम मन्दिरको निर्माणको शिलायन्यास गत वर्षको अगस्त ५ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए । राम मन्दिरको विषयलाई लिएर भारतमा निकै हंगामा समेत भएको थियो ।



प्रतिक्रिया दिनुहोस्