Logo

नबिल बैंकले ल्यायो दशैं अफर



काठमाडौं, १ असोज । मुद्दती खातामा ग्राहकहरुलाई नबिल बैंकले वार्षिक ९.२६ प्रतिशत ब्याजदर (०.५ प्रतिशत प्रिमियम थप सहित) दिने भएको छ । बैंकले दशैंको अवसरमा नबिल बैंकले असोज १ गते देखि व्यक्तिगत मुद्दती खातामा यस्तो आकर्षक योजना ल्याएको हो ।

बैंकको उदेश्य अनुसार मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज प्रदान गर्ने जनाएको छ । देशभरका १३५ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत संजाल मार्फत निरन्तर यस बैंकले सेवा प्रवाह गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्