Logo

यमनमा २५ हुथी विद्रोही र २० सैनिकको मृत्यु



१ असोज : यमनको आदेन क्षेत्रमा गएको २४ घन्टा यता भएका भिडन्तहरुमा परी कम्तीमा पनि २५ जना हुथी विद्रोही र २० जना यमनी सैनिकको ज्यान गएको छ । यमनको मध्य क्षेत्रीय प्रान्त अल बायदामा सो भिडन्त भएको थियो । उक्त क्षेत्रमा यहाँको सैनिकले हुथीहरुका विरुद्धमा कारबाही चलाएको थियो ।

यमनमा कतिपय नगरहरु हुथी विद्रोहीहरुले कब्जा गर्दै आएपछि सो मध्यक्षेत्रमा पनि उनीहरुले प्रभाव बढाउन थालेका छन् । यही सूचनाको आधारमा त्यहाँको सेनाले सो क्षेत्रमा कारबाही अघि बढाएको थियो । त्यसक्रममा भएका भिडन्तमा परेर ती सैनिक विद्रोही मारिएका हुन् ।

उता विद्रोहीहरुले पनि सेनामाथि आक्रमण गरेका थिए । त्यसक्रममा कम्तीमा पनि २० जना यमनी सैनिक मारिएका बताइएको छ । सो क्षेत्रमा केही समय यतादेखि विद्रोहीहरुले आफ्ना क्रियाकलापहरु बढाएका र सरकारका सुरक्षा निकायहरुले पनि निगरानी राखिरहेको बताइएको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्