Logo

विश्वकप क्रिकेट लिग–२ : नेपाल आज अमेरिकासँग खेल्दै



काठमाडौं, १ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले आज शुक्रबार अमेरिकासँग खेल्दै छ । नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुने बताइएको छ । खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा हुनेछ ।

पहिलो खेलमा नेपालले अमेरिकालाई हराएको थियो ।सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । आजको खेलमा पनि नेपाल अमेरिकाविरुद्ध दोस्रो जित निकाल्ने कोसीसमा हुनेछ ।

लिग–२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।साथै, अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ भने ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । लिग–२ को शीर्ष तीन राष्ट्रले २०२३ मा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।



प्रतिक्रिया दिनुहोस्