Logo

‘आफ्नै मृत्युको समाचारले परिवारलाई समाल्नै गाह्रो भो’



एजेन्सी, १ असोज । केही दिनदेखि बिगबोस फेम तथा हरियाणवीको नृत्यगंना सपना चौधरीको निधनको खबर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको हरियाणाको सिरसामा सडक दुर्घटनामा उनको मृत्यु भएको दाबी गरिएको थियो । सामाजिक सञ्जालमा उनको मृत्युमा श्रदान्जली दिनेहरु पनि धेरै थिए ।

उनको मृत्युको खबरले परिवार तथा आफन्त स्तब्ध भए । तर उनको यो मृत्यु साचो नभएर अफवाह मात्र थियो । उनी हालसम्म जिउदै छिन् । पछिल्लो समय एक अन्तर्वाताको क्रममा सपना चौधरीले निधनको अफवाहले आफ्नो परिवारलाई धेरै चोट पुगेको बताएकी छिन् ।

उनले आफैले परिवारलाई आफु जिउदै भएको बताउदै सम्झाउन नै गाह्रो परेको बताइन् । उनले आफ्नो पेशामा अनेक तरहका अफबाहसँग जुध्न पर्ने उनको भनाई थियो । आफ्नो कारणले गर्दा परिवारमा पनि धेरै गाह्रो हुने उनले तर्क गरिन् । सपना हरियाणवी नृत्य र स्टेज शो को कारण चर्चित छिन् । उनले २०२० मा विवाह गरेकी हुन्, उनको एक छोरा पनि छ ।



प्रतिक्रिया दिनुहोस्